• १२ असोज २०८३, सोमबार
  • १ः४१ राती

होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ

प्रकाशित मिति

२०८० श्रावण १४ गते, आईतवार ०१:१४

१४ श्रावण २०८०, काठमाडौँ: सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले थप एक जनालाई पक्राउ गरेको छ । विभागको टोलीले आइतबार बिहान ठमेलको होटल भियनाबाट सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको हो ।

National Life

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मोटरसाईलको ब्रेकशु र दार्हि काट्ने मेसिनको नाममा भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो। उनी नेपाली मूलका बेल्जियम नागरिक हुन्।


विभागले छिरिङको श्रीमतीको नाममा रहेको उक्त होटलबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू पनि जफत गरी अनुसन्धान अघि बढाएको बताईएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विभागले यस प्रकरणमा थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया