• २१ असोज २०८३, बुधबार
  • १०ः५३ बिहान

कामना सेवा विकास बैंकका ग्राहकहरुले लिसारा रेस्टुरेन्टमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने

प्रकाशित मिति

२०८० श्रावण ६ गते, शनिबार ०५:०५

६ श्रावण २०८०, काठमाडौँ : कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेनबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । बिहिबार बैंक र लिसारा रेस्टुरेन्टबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको हो ।

National Life

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले नक्साल, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।


बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया