• २१ असोज २०८३, बुधबार
  • १०ः५२ बिहान

कामना सेवा विकास बैंकद्धारा ट्राफिक प्रहरीलाई सहयोग

प्रकाशित मिति

२०८० श्रावण ६ गते, शनिबार ०४:५०

६ श्रावण २०८०, काठमाडौँ : कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक कोन र सोमा जडान हुने रड हस्तान्तरण गरेको छ ।

National Life

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले ट्राफिक प्रहरी कार्यालयका नायव प्रहरी महानिरिक्षक पोषराज पोखरेललाई २०० थान ट्राफिक कोन र १०० थान सोमा जडान हुने रड हस्तान्तरण गरेका हुन् ।


हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाज÷राष्ट्र निर्माणमा योगदान पु¥याउने महत्वपूर्ण भुमिकामा रहेको कार्यालयलाई ट्राफिक कोन र सोमा जडान हुने रड हस्तान्तरण गर्न पाँउदा गौरवान्वित महशुस भएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले उक्त ट्राफिक कोनहरुले काठमाडौं महानगरको ट्राफिक व्यवस्थापन र नियन्त्रणमा सहयोग पुग्ने बैंकले विश्वास लिएकोे बताए। साथै, आगामी दिनहरुमा समेत सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।


ट्राफिक कार्यालयका प्रमुख नायव प्रहरी महानिरिक्षक पोषराज पोखरेलले ट्राफिक कोन ट्राफिक अनुशासन र सभ्यता सिकाउने महत्वपूर्ण साधन भएकोले बैंकले जनसरोकारको यस क्षेत्रमा अमूल्य योगदान गरी निकै सराहनीय कार्य गरेकोमा बैंक परिवारप्रति धन्यवाद ज्ञापन गरे।

प्रतिकृया