• ११ असोज २०८३, आइतबार
  • ३ः२० राती

एसीसी इमर्जिङ टिम्स एसिया कप : अन्तिम खेलमा नेपालले आज युएई ‘ए’ सँग खेल्दै

प्रकाशित मिति

२०८० श्रावण ३ गते, बुधबार ०८:१९

३ श्रावण २०८०, काठमाडौँ : एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले आज युएई ‘ए’ सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा १० बजे श्रीलंकाको पि.सारा ओभल कोलम्बोमा शुरु हुनेछ ।

National Life

समूह ‘बी’ मा रहेका नेपाल र युएई ‘ए’ दुवै टोली समूह चरणबाट बाहिरी सकेका छन् । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो ।


त्यस्तै युएई पनि भारत र पाकिस्तान ‘ए’ टोलीसँग पराजित भएको थियो । आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट श्रीलंका र बंगलादेश तथा समूह ‘बी’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया