• ११ असोज २०८३, आइतबार
  • १ः५२ राती

एसीसी इमर्जिङ कप : नेपाल र भारत भिड्दै

प्रकाशित मिति

२०८० श्रावण १ गते, सोमबार ०७:४२

१ श्रावण २०८० काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले आज भारत एसँग प्रतिस्पर्धा गर्दै छ।​ श्रीलंकाको कोलम्बोस्थित प्रेमादासा स्टेडियममा हुने खेल नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ।

National Life

पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको नेपाल सुधारिएको प्रदर्शन गर्दै पुनरागमनको प्रयासमा हुनेछ। पाकिस्तानसँगको खेलमा सोमपाल कामीले ७५ रन बनाउनुबाहेक अन्य खेलाडी सस्तैमा पभेलियन फर्किएका थिए। सो खेलमा नेपाली ब्याटरले सर्ट बल खेल्न संघर्ष गरे। भारतविरुद्धको खेलअघि मुख्य प्रशिक्षक मोन्टी देसाईले सर्ट बल विश्वका सबै ब्याटरलाई खेल्न कठिन हुने भन्दै त्यसमा नेपाल फरक नहुने प्रतिक्रिया दिए।


सर्ट पिच बल आफ्नो टिमको कमजोरीका रुपमा पहिचान गरेको र अभ्यासमा सुधार्ने प्रयास गरिरहेको प्रशिक्षक मोन्टीको भनाइ छ। उनले यो चुनौतीलाई अवसरका रुपमा लिँदै विपक्षी तीव्र गतिका बलरबाट अधिकतम सर्ट बलको अपेक्षा गरेको पनि बताए।

Classic Tech Mobile
Classic Tech Desktop

भारत लगातार दोस्रो जितको खोजीमा छ। पहिलो खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दा कप्तान एस धुलले अविजित १ सय ८ रन बनाएका थिए। समूह बी मा भारत दुई अंकसहित शीर्ष स्थानमा र सामान अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा छ। तेस्रो स्थानको नेपाल र अन्तिमको यूएई अंकविहीन छन्।

अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न नेपाललाई जित्नै पर्ने दबाब छ।

प्रतिकृया