• ११ असोज २०८३, आइतबार
  • २ः५६ राती

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

प्रकाशित मिति

२०८० श्रावण १ गते, सोमबार ०७:४७

१ श्रावण २०८० काठमाडौं : नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दै छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पार्टीको केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न सोमबार दिउँसो २ बजे बैठक बस्द लागेको हो ।

National Life

साउन २ गते मंगलबार बस्ने केन्द्रीय कार्यासमिति बैठकको एजेण्डा तय गर्न सभापति देउवाले सोमबार पदाधिकारीसित शीर्ष नेतासँग छलफल गरे लागेको महामन्त्री गगन थापाले बताए ।


गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ । शीर्ष नेताको बैठकबाट केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने कांग्रेसको तयारी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

महामन्त्रीद्वयले कार्यसम्पादन समितिबाट भएका निर्णयको अनुमोदन, पार्टी सदस्यता, अनुशासन सम्बन्धि विषय, नीति महाधिवेशनको तिथि मिति, समसमामयिक राजनीति लगायतका एजेण्डा बनाएका छन् ।


प्रतिकृया