• १६ असोज २०८३, शुक्रबार
  • २ः४२ दिउँसो

होली गार्डेनीकी छात्रा प्रजुना प्रत्येक विषयमा चार जिपिए ल्याएर देशकै उत्कृष्ट छात्रा

प्रकाशित मिति

२०८० असार ३० गते, शनिबार ०३:३७

३० असार , २०८०, काठमाडौं : यसवर्षको माध्यमिक शिक्षा परीक्षाको असार २१ गते सार्वजनिक गरिएको नतिजामा मध्यपुर थिमि नगरपालिका वडा नं ६ बाहखा बजार स्थित होली गार्डेन इंगलिश सेकेण्डरी स्कुलकी छात्रा प्रजुना शंखदेवले प्रत्येक विषयमा ए प्लस अर्थात चार जिपिए ल्याएर सर्वोत्कृष्ट नतिजा दिन सफल भएकी छिन् ।

National Life

आफ्नो विद्यालयकी छात्राले एसईई परीक्षामा मध्यपुर टप गरेको र देशकै उत्कृष्ट नतिजा दिन सफल भएको विद्यालयले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा २०७९ को एसइइ परीक्षाको हालैको नतिजामा होली गार्डेन स्कुलकी छात्रा प्रजुना शंखदेवले सैद्धान्तिक र व्यवहारिक परीक्षाका सवै विषयमा ए प्लस ल्याउन सफल भएकी विद्यालयका प्रिन्सिपल रत्नमान शंखदेवले बताउनु भयो ।


अहिलेको शिक्षा प्रणाली अनुसार चार जीपीए ल्याएर सवै विषयमा ए प्लस आउनु सर्वाेत्कृष्ट नतिजा दिन सफल भएको बताउदै उहाँले यो मध्यपुरको मात्रै नभई देशकै उत्कृष्ट नतिजा भएको दाबी गर्नुभयो । स्कुलका प्रिन्सिपल शंखदेवले स्कुलले मध्यपुर थिमि नगरपालिकामै पहिलो पटक गणित ल्याव स्थापना गरी विद्यार्थीलाई प्रयोगात्मक पढाई गर्दै आएको बताउदै धेरै स्कुलहरुमा साइन्स ल्याब, कम्प्युटर ल्यावहरु भएपनि गणितको ल्यावको सुरुवात गर्ने पहिलो विद्यालय होली गार्डेन स्कुल रहेको बताउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

स्कुल व्यवस्थापन समितिका अध्यक्ष नरगोविन्द शंखदेवले अभिभावक, विद्यार्थी, शिक्षकशिक्षिका सवैको सामूहिक प्रयासका कारण सफलता मिलेको बताउदै होली गार्डेन स्कुलले पहिलो पटक सुरुवात गरेको गणितको ल्याबसँगै अन्य शैक्षिक योजना अरु विद्यालयले पछ्याएको दाबी गर्नुभयो ।


स्कुलका भाइस प्रिन्सिपल महेश राईले आफना विद्यार्थी मध्यपुर थिमि टप भएको बताउदै स्कुलले प्रत्येक वर्षको एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल हुँंदै आएको बताउनु भयो । उहाँले स्कुलका विद्यार्थीले प्रत्येक वर्षको एसईई परीक्षामा अन्य विषयमा पनि निरन्तर उत्कृष्ट नतिजा ल्याउँंदै गरेको बताउनु भयो । उहाँले चार जिपिए ल्याउने छात्रा प्रजुनालाई तत्कालै स्कुलले एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको बताउदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनु भयो ।


चार जीपीए ल्याउने छात्रा प्रजुनाका पिता हरिओम शंखदेवले साधारण परिवारको साधारण स्कुलले पनि महेनेत गरेका कारण छोरीको राम्रो नतिजा आएको बताउनु भयो । यो पटकको एसइइ परीक्षामा मध्यपुर थिमि नगरपालिका क्षेत्रबाट ६ जना र भक्तपुर र सूर्यविनायक नगरपालिकाबाट चारचार जना गरी भक्तपुर जिल्लाबाट कुल १४ जनाले चार जीपीए ल्याएका थिए ।

प्रतिकृया