• २९ भदौ २०८३, सोमबार
  • १ः४२ दिउँसो

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८० असार २२ गते, शुक्रबार १२:३८

२२ असार २०८०, काठमाडौँ: शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १०० रुपैयाँले बढ्दै १ लाख १० हजार ७०० रुपैयाँ पुगेको छापावाला सुनको मूल्य शुक्रबार पुनस् १०० रुपैयाँले घटेको हो ।

National Life

यस्तै तेजाबी सुनको मूल्य समेत शुक्रबार तोलामा १०० रुपैयाँले नै घट्दै १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घट्दै शुक्रबार १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया