• २६ भदौ २०८३, शुक्रबार
  • ५ः४३ बेलुका

साफ च्याम्पियनसिप : नवौँ पटक विजेता बन्यो भारत, कुवेत पेनाल्टीमा पराजित

प्रकाशित मिति

२०८० असार २० गते, बुधबार ११:२६

२० असार २०८०, काठमाडौँ: १४ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । मंगलबार बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै भारतले नवौँपटक साफ च्याम्पनियनसिपको उपाधि उचालेको हो ।

National Life

निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । शबैश अल खाल्दीले खेलको १४ औं मिनेटमा गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । लल्लियान्जुआला चाग्तेले ३८ औं मिनेटमा गोल गर्दै भारतलाई बराबरीमा ल्याउन सफल भए ।


पेनाल्टी सुटआउटमा कुवेतका कप्तान खालिद हाजियाको प्रहार गोलकिपर गुरप्रित सिंह सन्धुले रोकेपछि भारत प्रतियोगिताको च्याम्पियन बनेको हो । प्रतियोगिताको १४ वर्षमा भारत ९ पटक च्याम्पियन बनेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

उपाधिसँगै भारतले ५० हजार अमेरिकी डलर रुपैयाँ प्राप्त गर्न सफल भएको छ । उपविजेता कुवेतले २५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतिकृया