
७ असार २०८०, काठमाडौँ: वेस्टइण्डिजले नेपाललाई ३४० रनको लक्ष्य दिएको छ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइण्डिजले नेपाललाई ३४० रनको लक्ष्य दिएको हो ।
वेस्टइण्डिजले ५० ओभरमा ७ विकेट गुमाउदै ३३९ रन बनाएको हो । वेस्टइण्डिजका लागि कप्तान शाइ होपले सर्बाधिक १३२ रन बनाए भने निकोलस पुरनले ११५ रन बनाएका थिए ।
दुवैले चौथो विकेटका लागि २१६ रनको साझेदारी गरेका थिए । त्यस्तै वेस्टइण्डिजका ब्राण्डन किंगले ३२, रोभमन पावेलले २९, जासन होल्डरले अविजित १६ रन बनाए । त्यस्तै नेपाली बलर ललित राजबंशीले ३ विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा कुनै पनि फर्म्याटमा वेस्टइण्डिजसँग पहिलो पटक खेलिरहेको छ । साथै टेस्ट खेल्ने देशविरुद्ध भने नेपालको यसै प्रतियोगितामा दोस्रो खेल खेलिरहेको छ ।
प्रतिकृया