• ९ असोज २०८३, शुक्रबार
  • ४ः०५ बेलुका

लगातार घट्दै सुनको भाउ, चाँदी पनि सस्तिँदै

प्रकाशित मिति

२०८० असार ७ गते, बिहीबार १२:४८

७ असार २०८०, काठमाडौँ: सुनको भाउ घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ ।

National Life

हिजो बुधबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ४५० रुपैयाँमा किनबेच भएको थियो ।


आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४५ रुपैयाँले घटेर चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया