• ९ असोज २०८३, शुक्रबार
  • ७ः०३ बेलुका

आईसीसी एक दिवसीय विश्वकप छनोट : आज नेपालले अमेरिकाको सामना गर्ने

प्रकाशित मिति

२०८० असार ५ गते, मंगलवार ०७:५५

५ असार २०८०, काठमाडौँ: आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज अमेरिकाको सामना गर्ने भएको छ ।पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग पराजित भएको नेपाल दोस्रो खेलमा पहिलो जित निकाल्दै आफ्नो समूहको शीर्ष तीनको सम्भावना कायम राख्ने प्रयासमा हुनेछ।

National Life

खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।


प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्ने योजनामा छ । उता, पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित अमेरिका पनि पहिलो जितको खोजीमा हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।


प्रतियोगितामा सहभागी १० टोलीमा शीर्ष दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

प्रतिकृया