• १२ असोज २०८३, सोमबार
  • ४ः३३ बिहान

दिल्लीको आरके पुरम भन्ने ठाउँमा गोली हानी दुई महिलाको हत्या

प्रकाशित मिति

२०८० असार ३ गते, आईतवार ०१:४०

३ असार २०८०, काठमाडौँ: भारतको नयाँ दिल्लीस्थित आरके पुरम भन्ने ठाउँमा अज्ञात बन्दुकधारीले गोली चलाउँदा दुई महिलाको ज्यान गएको छ । आइतबार बिहान पुरम प्रहरीचौकीनजिकै भएको घटनामा गोली लागेका दुवै महिलालाई अस्पताल पु¥याइएको थियो । तर, उनीहरूको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

National Life

दक्षिण–पश्चिम दिल्लीका प्रहरी कमिसनर मनोज सीले प्रहरीलाई बिहान ४ बजेर ४० मिनेट (स्थानीय समय)मा आरके पुरम प्रहरीचौकीबाट फोन आएको बताए । फोन गर्ने व्यक्तिले आफ्नो बहिनीलाई अम्बेडकर बस्तीमा गोली हानिएको जानकारी गराएका थिए ।


प्रहरी टोली घटनास्थलमा पुग्दा पिंकी नामक ३० वर्षीया महिला र ज्योति नाम गरेकी २९ वर्षीया महिलालाई गोली लागेको थियो । उनीहरू दुवैलाई एसजे अस्पतालमा लगिएको थियो । तर, दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

गोली प्रहार गर्नेहरूले ती महिलाका भाइको खोजी गरिरहेको र आर्थिक लेनदेन मुख्य कारण हुन सक्ने आशंका गरिएको छ । तर, अनुसन्धानपछि नै यकिन कारण खुल्ने प्रहरीले जनाएको छ । एएनआईबाट ।

प्रतिकृया