प्रभु महालक्ष्मी लाइफको लोगो सार्वजनिक
प्रकाशित मिति
२०८० असार ३ गते, आईतवार ०१:५१
३ असार २०८०, काठमाडौँ : प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भएपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक भएको छ । एकीकृत कारोबारका दिनदेखि नयाँ लोगो प्रयोग हुने छ। दुई कम्पनी एक भएसँगै कम्पनीले प्रभु महालक्ष्मी लाइफको नयाँ लोगो सार्वजनिक भएको छ । मर्जरको लागि दुबै कम्पनीलाई नेपाल बीमा प्राधिकरणले गत जेठ २९ गते अन्तिम स्वीकृति दिइसकेको छ ।
एकीकृत कारोबारपछि ९० करोडको एफपीओ जारी गर्ने तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफले नयाँ लोगो सार्वजनिक गरेको छ। मर्जरका लागि अन्तिम सम्झौता गरेर असार मसान्तभित्र एकीकृत कारोबार गर्ने तयारीमा रहेको प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सले नयाँ लोगो सार्वजनिक गरेका हुन्।
दुवै संस्था बराबरी हैसियतमा गाभिँदैछन्। दुवै कम्पनीको भावना प्रतिविम्बित हुने गरी लोगो तयार पारिएको छ। दुवै कम्पनीका १६७ शाखा/उपशाखा छन्। कर्मचारी संख्या ४४९ जना पुग्ने छन्।
प्रभु लाइफको बोनस सेयर जारीपछि दुवै कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ पुग्ने छ। बीमा प्राधिकरणले ५ अर्ब पुँजी तोकेको छ।
प्रतिकृया