• १२ असोज २०८३, सोमबार
  • ८ः२६ बिहान

रौतहटको गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

प्रकाशित मिति

२०८० जेष्ठ २१ गते, आईतवार ०५:३२

२१ जेठ २०८०, काठमाडौँ: २०६४ चैत २७ गते रौतहटको गौरमा भएको नरसंहारविरुद्ध आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ। तत्कालीन अवस्थामा मधेसी जनअधिकार फोरम र नेकपा माओवादीको कार्यक्रम एकै स्थानको नजिक–नजिक आयोजना हुँदा ‘गौर हत्याकाण्ड’ भएको थियो।

National Life

उक्त घट्नामा माओवादीका २७ जनालाई बाँसको भाटा र भाला रोपेर हत्या गरिएको र यसलाई ‘गौर हत्याकाण्ड’ भनिँदै आएको छ । आइतबार त्रिभुवन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् । तर, केही दिन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत गौर हत्याकाण्ड र २०५८ जेठ १९ को दरबार हत्याकाण्डको छानबिन हुने बताएका थिए।


गौर हत्याकाण्ड विरुद्धको मुद्दाको पेशी भोलि सोमबारलाई तोकिएको छ । केही दिन अगाडि आम जनता पार्टीका अध्यक्ष एवं रौतहटका सांसद प्रभु साहसमक्ष गौर हत्याकाण्डमा ज्यान गुमाएकाको परिवारले घटनाको निष्पक्ष छानबिन माग गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

सांसद साह रौतहटकै भएको र गौर हत्याकाण्डको समयमा उनी माओवादीका प्रभावशाली नेताको रूपमा चिनिन्थे । त्यसपछि पटक–पटक सोही ठाउँबाट सांसद जितेर मन्त्री भएका साहले घटनाको छानबिनमा चासो दिनुपर्ने पीडितको माग छ।

प्रतिकृया