• 3:22 pm

प्रतिनिधिसभा बैठक आज बस्दै

प्रकाशित मिति

२०८० जेष्ठ २२ गते, सोमबार ०८:२६

काठमाडौं, जेठ २२, २०८०: विपक्षी दलहरूको अवरोधपश्चात् आइतबार स्थगित भएको प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । बैठक आज बिहान ११ बजे संघीय संसद भवनमा बस्न लागेकाे हाे ।


राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलहरूले आइतबारको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका थिए । अवरुद्ध भएसँगै बैठक एक घण्टाका लागि बैठक स्थगित भएको थियो। तर दलहरूबीच सहमति नजुटेपछि बैठक आज बस्नेगरी स्थगित भएको थियाे ।


हिजाे एमाले प्रमुख सचेतक पदम गिरीले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरको भन्दै आपत्ति जनाएका थिए । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको बताएका थिए ।


यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति संस्थालाई सत्ता स्वार्थका लागि दुरुपयोग गरिएको भन्दै विरोध जनाएका थिए ।

प्रतिकृया