दर्शकको असन्तुष्टिपछि ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्सै परिवर्तन
प्रकाशित मिति
२०८० बैशाख २४ गते, आईतवार ०१:१३
२४ वैशाख २०८०, काठमाडौँ: गत बिहीबारदेखि रिलिज भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ को क्लाइमेक्स परिवर्तन गरिएको छ । फिल्मको क्लाइमेक्समा दर्शकले असन्तुष्टि जनाएपछि निर्माण पक्षले क्लाइमेक्स नै परिवर्तन गरेको हो ।
फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यसको क्लाइमेक्स अपूर्ण भएको भन्दै निर्माण पक्षसँग असन्तुष्टि जनाएका थिए ।अब दर्शकले परिवर्तन भएको क्लाइमेक्ससहित फिल्म हेर्न पाउने बताइएको छ । दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरिएको निर्देशक रेनशा वान्तवा राईले बताइन् ।

उनले भनिन्, ‘हामीले दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरेका छौं। परिवर्तित क्लाइमेक्सलाई दर्शकले मन पराउनुभएको छ । क्लाइमेक्समा आएको गुनासोलाई समेत हामीले परिवर्तन गरेका छौं ।’

यस फिल्मले तीन दिने विकेन्डमा औसत व्यापार गरेको छ ।




प्रतिकृया