• १९ भदौ २०८३, शुक्रबार
  • २ः०१ राती

नेपालको राजस्व संकलनको इतिहास ऋणात्मक नभएको विनोद चौधरीको भनाई

प्रकाशित मिति

२०८० बैशाख २४ गते, आईतवार १२:४७

२४ वैशाख २०८०, काठमाडौँ: उद्योगी विनोद चौधरीले नेपालको राजस्व संकलन ऋणात्मक भएको इतिहास नभएकाे बताएका छन् । प्रतिनिधी सभाका सदस्यसमेत रहेका चौधरीले बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले आयोजनाको गरेको नेपाल बिजनेस समिट २०२३ मा मुलुकको आमूल आर्थिक परिवर्तनका लागि स्पष्ट आर्थिक दृष्टिकोण बनाउन आवश्यक रहेको बताए ।


‘सटर बन्द हुँदै गएका छन्, बजारमा माग घटेको छ, बैंकिङ क्षेत्र समस्यामा पर्ने सम्भावना बढेको छ, खराब कर्जा बढेको छ, कालोसूचीमा पर्नेको संख्या बढेको छ,’ उनले भने, ‘तर हाम्रो प्राथमिकता कर्मचारीको सरुवा बढुवा, केही व्यक्तिको स्वार्थ र सत्ताको चलखेलमा सीमित छ ।’

Kamana Sewa

कार्यक्रममा चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विगतमा सामाजिक परिवर्तन गर्न जसरी नेतृत्व गरिएको थियो, त्यसैगरी आर्थिक परिवर्तनका लागि शाहसिक निर्णय लिन आग्रह गरे । ‘अहिले जस्तो चुनौतीपुर्ण अवस्थामा नेपालको अर्थतन्त्र कहिल्यै थिएन,’ उनले भने, ‘त्यसैले राजनीतिले ठूलो सोचका साथ शाहसिक निर्णय लिने हिम्मत गर्नुपर्छ ।’ चालू आर्थिक वर्षमा अपेक्षा गरेभन्दा ४ गुणा कम आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक हुनुले नेपाल आर्थिक मन्दीमा फसेको प्रस्ट भएको चौधरीले बताए ।

Classic Tech Desktop

‘पछिल्ला तीन त्रैमासदेखि निरन्तर आर्थिक वृद्धिदर ऋणात्मक छ । त्यसले पनि नेपाल मन्दीमा गएको प्रस्ट देखिन्छ,’ उनले भने, ‘५५ वर्षको इतिहासमा आर्थिक वृद्धिदर ऋणात्मक हुँदा पनि राजस्व संकलन ऋणात्मक भएको इतिहास थिएन तर यो वर्ष आर्थिक वृद्धि सकारात्मक हुँदासमेत राजस्व संकलन ऋणात्मक छ ।’


विमानस्थल सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिँदै पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने चौधरी बताए । नेपालमा अन्तर्राष्ट्रिय स्तरको विद्यालय स्थापना गर्न दिनुको साटो केही विचौलियाको स्वार्थमा नेपालका विद्यार्थीलाई विदेश पढ्न जाने बाध्यकारी नीति लिनु दुर्भाग्यपूर्ण भएको चौधरीले धारणा राखे ।


चालू खर्चमा कटौती, प्रशासकीय पुनःसंरचना, आर्थिक विकासको प्रस्ट भिजन र जलविद्युत निर्यात गर्दै नेपाललाई आर्थिक समृद्धिको बाटोमा लैजाने सम्भावना भएको उनले बताए ।

प्रतिकृया