• ०८:५० २०८१ बैशाख ७ गते
  • 8:50 am

आज देशका पहाडी भू-भागमा पनि वर्षा

प्रकाशित मिति

२०८० बैशाख २१ गते, बिहीबार ०९:१२

mausam1 1 e1681441605334

वैशाख २१, २०८०, काठमाडौँ : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर मौसम प्रतिकूल देखिएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।


कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।राति देशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भूभागमा भोलि पनि मौसम प्रतिकूल रहने महाशाखाले जनाएको छ ।

प्रतिकृया