• २ असोज २०८३, शुक्रबार
  • ५ः३८ बिहान

सवारी दुर्घटनामा कीर्तिपुरका वडाध्यक्षकाे निधन

प्रकाशित मिति

२०८० बैशाख ११ गते, सोमबार ०१:१५

११ वैशाख २०८०, काठमाडौँ : कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ। मोटरसाइकल दुर्घटनामा घाइते भएका वडाध्यक्ष अधिकारीको उपचारका क्रममा आइतबार निधन भएको हो । सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे ।

National Life

‘उहाँकाे वैशाख १ गते चम्पादेवी मन्दिर सरसफाइबाट फर्किने क्रममा पुष्पलाल पार्कस्थित ओरालोमा मोटरसाइकल दुर्घटना भएको थियो। मेलामा पुगेका वडाध्यक्ष अधिकारीको खुट्टा एक्कासी बाँउडिएपछि उनका साथीले उनलाई मोटरसाइकलमा राखेर घर ल्याउन लागेका थिए।’ मातृभूमिन्यूजकाे संवाददाता सँग कुरा गर्दै कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले जानकारी दिइन्।


‘हिजो आइतबार दिउँसो २ बजेतिर चिकित्सकले मृत घोषणा गरेका हुन् र शवको पोष्टमार्टम गर्न टिचिङ अस्पताल लगीएकाे थियाे’ उपमेयर शाक्यले जानकारी दिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

अधिकारी गत वर्ष भएको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष निर्वाचित भएका थिए।

प्रतिकृया