• 9:31 pm

एभरेष्ट बैंकको नयाँ संचालकमा किरण कृष्ण नियुक्त

प्रकाशित मिति

२०८० बैशाख ११ गते, सोमबार ०१:१४

११ वैशाख २०८०, काठमाडौँ: एभरेष्ट बैंकको संचालकमा किरण कृष्ण श्रेष्ठ नियुक्त भएका छन् । वैशाख ८ गते सम्पन्न बैंकको संचालक समितिको बैठकले संस्थापक शेयरधनी समुहको तर्फबाट किरण कृष्णलाई संचालक नियुक्त गर्ने निर्णय गरेको हो ।


बैंकका संचालक अरुणमान शेरचनले राजीनामा दिएपछि उनको स्थानमा श्रेष्ठलाई नियुक्त गरिएको हो । अरुणमानको राजीनामा बैंकको वैशाख ८ मा बसेको संचालक समितिको बैठकले स्वीकृत गरेर सोहि बैठकले श्रेष्ठलाई संचालक नियुक्त गरेको हो ।

प्रतिकृया