• 9:05 pm

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा एटिएम राख्न ५ वटा वाणिज्य बैंक छनौट

प्रकाशित मिति

२०८० बैशाख ११ गते, सोमबार ०१:२०

११ वैशाख २०८०, काठमाडौँ: पोखरा अन्तराष्ट्रिय विमानस्थलमा एटिएम राख्नको लागि ५ वटा वाणिज्य बैंक छनौट भएका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले कार्यालयमा एटिएम राख्नको लागि ५ वटा बैंकको प्रस्ताव स्वीकृत गरेको हो ।


एटिएम राख्नको लागि कार्यालयले एनएमबि बैंक, नबिल बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक र नेपाल बैंकको प्रस्ताव स्वीकृत गरेको हो। कार्यालयले २०७९।१२।१९ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा पोखरा विमानस्थलको आन्तरिक टर्मिनल भवनको बाहिरपट्टी ५ वटा फरक फरक बैंकद्वारा एटिएम सेवा सञ्चालन गर्ने सम्बन्धी प्रकाशित बढाबढद्धारा बोलपत्र आह्वान गरेको थियो।


सो कार्यको लागि रीतपूर्वक दर्ता हुन आएका बोलपत्रहरुमध्ये मूल्याङ्कन समितिले मूल्याङ्कन गर्दा अधिकतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही भै स्वीकृतिको लागि पेश गरेको हुँदा सार्वजनिक खरिद ऐन २०६३ (संशोधन सहितको) दफा २७ को उपदफा २ तथा सोही ऐनको दफा ४७ को प्रयोजनको लागि ७ दिने बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशन गरिएको कार्यालयले जनाएको छ ।

प्रतिकृया