• ३० साउन २०८३, शनिबार
  • ४:४८ बिहान

एसिसी प्रिमियर कपमा ओमानले मलेसियालाई ८ विकेटले पराजित

प्रकाशित मिति

२०८० बैशाख १० गते, आईतवार ०५:०१

१० वैशाख २०८०, काठमाडौँ: एसिसी प्रिमियर कपमा ओमानले दोस्रो जित हात पारेको छ। आइतबार मुलपानी मैदान भएको समूह ‘ए’ को खेलमा ओमानले मलेसियालाई ८ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा २२७ रन जोड्यो। मलेसियाका लागि विरन्दिप सिंहले ९४ रन जोडे भने मोहमद साहाजादले ५५ रन बटुले।


बलिङमा ओमानका जीशन मक्सूदले ४ विकेट लिए। २२८ रनको लक्ष्य ओमानले २ विकेटको क्षतिमा पार गर्‍यो। उसका लागि जतिन्दर सिंहले शतक प्रहार गरे। उनले नटआउट १०१ रन जोडे। यस्तै कश्यप प्रजापतीले ६६ रन र मक्सूदले नटआउट ५२ रन बनाए।

Kamana Sewa

समूहमा दोस्रो स्थानको ओमानले तीन खेलबाट ४ अंक जोडेको छ। शीर्ष स्थानको नेपालको दुई खेलबाट ४ अंक छ। नेपालले आफ्नो तेस्रो खेलमा सोमबार मुलपानी मैदानमा साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ।

Classic Tech Desktop

प्रतिकृया