• ३० साउन २०८३, शनिबार
  • ५:४८ बिहान

छानबिन गर्ने हो भने सबै नेता पालैपालो जेल जाने महासचिव विप्लवकाे दाबी

प्रकाशित मिति

२०८० बैशाख १० गते, आईतवार ०४:५१

१० वैशाख २०८०, काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भ्रष्टाचार देशको मुख्य समस्याको रुपमा रहेको बताएका छन् । शिक्षा पत्रकार समूहले आइतबार आयोजना गरेको शिक्षा बहस कार्यक्रममा बोल्दै महासचिव विप्लवले भ्रष्टाचार देशको समस्या रहेको बताए ।


उनले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानसिकता रहेको बताए । उनले पार्टी सम्बद्ध ट्रेड युनियन वा संगठनका नेताहरू पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन चाहने गरेको बताए ।

Kamana Sewa

महासचिव विप्लवले भ्रष्टाचारको छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाने बताए । सत्तारुढ र सत्ताबाहिर बसेका सबै नेताहरूलाई अर्ब रुपैयाँ भन्दा कमको चार्ज नभएको उनले बताए। उनले पार्टीका संगठनहरू भ्रष्टाचारमा लिप्त हुनुमा पार्टीकै दोष भएको बताए ।

Classic Tech Desktop

महासचिव विप्लवले राजनीतिक क्षेत्रमा भ्रष्टीकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको बताए । उनले आफ्नो पार्टी र संगठनमा भ्रष्टाचार नभएको दाबी गरे । उनले शिक्षालाई उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिकृया