• १० असोज २०८३, शनिबार
  • ९ः१८ राती

ओमानसँग अभ्यास खेल खेल्दै नेपाल

प्रकाशित मिति

२०८० बैशाख २ गते, शनिबार १०:२०

वैशाख २, २०८०, काठमाडौं: नेपाल एसिसी प्रिमियर कपअघि शनिबार ओमानसँग एकदिवसीय अभ्यास खेल खेल्दै छ। खेल बिहान ९:३० बाट टियु क्रिकेट मैदानमा सुरु हुनेछ। अभ्यास खेल खेल्दै नेपाल आफ्नो बलियो सुरुवाती ११ को परीक्षणमा रहँदा ओमान पनि सोही लक्ष्यका साथ मैदानमा उत्रिने छ।

National Life

बन्द प्रशिक्षणमा रहेका २१ सदस्य टोलीबाट आवश्यकता अनुसार खेलाडी प्रयोग गर्ने सोचमा नेपाल रहेको छ। अभ्यास खेल भएकाले यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्ने छन्।प्रतियोगिताका लागि नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन।


ओमान भने आफ्नो फाइनल १४ सदसिय टिमसहित नेपाल आएको छ। आइसिसी विश्वकप लिग २ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा स्थान बनाइसकेका छन् । नेपालले पछिल्ला १२ मध्य ११ खेलमा जित निकाल्दै इतिहासकै उत्कृष्ट लयमा रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

एसिसी प्रिमियर कप ५ देखी १८ वैशाखसम्म टियु र मुलपानी मैदानमा हुँदै छ। समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन्। समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्ने छ।


प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउने छ । एसिया कपमा भारत र पाकिस्तानसँगै बलिया टेस्ट राष्ट्रसँग प्रतिस्पर्धाको अवसर पाउने छ। शीर्ष तीन टोलीले जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको अवसरसमेत पाउने छन् ।

प्रतिकृया