• 11:40 pm

जम्मू–कश्मीरको उधमपुरमा पुल भत्किँदा ४० जना घाइते

प्रकाशित मिति

२०८० बैशाख १ गते, शुक्रबार ०७:५४

वैशाख १, २०८०, काठमाडौँ: जम्मु कश्मीरको केन्द्र शासित प्रदेशको उधमपुर जिल्लामा शुक्रबार वैशाखी मेला चलिरहेको बेला फुटब्रिज (पुल) भत्किँदा करिब ४० स्थानीय घाइते भएका छन् । प्रहरीका अनुसार घटना दिउँसो २ बजे बैसाखी पर्वका क्रममा चेनानी ब्लकको बैन गाउँस्थित बेनी संगममा भएको हो ।


उधमपुरका प्रहरी उपरीक्षक डा विनोद कुमारले बीबीसी हिन्दीलाई टेलिफोनमा भने कि फुट ब्रिज भत्किँदा कम्तीमा ३० देखि ४० जना घाइते भएका छन् । दुर्घटनाका बेला पुलमुनि नुहाउने क्रममा महिला, बालबालिका र वृद्धवृद्धा घाइते भएका छन् ।


डा. विनोद कुमारका अनुसार दुर्घटना हुँदा पुलको माथि ठूलो संख्यामा मानिसहरु उभिरहेका थिए भने केही मानिसहरु हिँडिरहेका थिए । दुर्घटना लगत्तै स्थानीय बासिन्दा, प्रहरी र केन्द्रीय सुरक्षा बलको सहयोगमा घाइतेहरुलाई चेनानी अस्पताल पुर्‍याएको थियो । बीबीसी

प्रतिकृया