• १२ असोज २०८३, सोमबार
  • ५ः२५ बिहान

प्रजातान्त्रिक युवा संगठनले आयोजना गरेको रक्तदान कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनले गरे ८४ पटक रक्तदान

प्रकाशित मिति

२०८० बैशाख १ गते, शुक्रबार ०७:४५

वैशाख १, २०८०, काठमाडौँ: राप्रपासंग आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान एवं रक्तदान कार्यक्रमको आयोजना गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रक्तदान गरि कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

National Life

अध्यक्ष लिङ्देनले आज ८४ औं पटक रक्तदान गरेका हुन् । रक्तदान जस्तो पवित्र कार्यबाट वर्षको शुरुआत गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्दै अध्यक्ष लिङ्देनले नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना समेत व्यक्त गरे ।


युवा संगठनद्वारा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देन, महामन्त्री डा. धवल शमशेर राणा, प्रवक्ता मोहन श्रेष्ठ, सांसद बिना लामा, सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष, युवा संगठन अध्यक्ष सुजित केसी, युवा मोर्चा अध्यक्ष कैलाश कटुवाल लगायत ५७ जनाले रक्तदान गरेको संगठनका संयोजक सुजित केसीले जानकारी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया