• १९ भदौ २०८३, शुक्रबार
  • ९ः३७ राती

भुवन केसीविरुद्ध दीपकराज गिरीले पाेखे कडा आक्रोश

प्रकाशित मिति

२०७९ चैत्र २९ गते, बुधबार ११:३३

२९ चैत्र २०७९, काठमाडौँ: कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध कडा आक्रोश पोखेका छन् । आफ्नो चलचित्र छक्का पञ्जा ४ को कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको भन्दै दीपकले सामाजिक सञ्जालमार्फत् केसीविरुद्ध आक्रोश पोखेका हुन् ।


‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा… ‘, उनले फेसबुकमा लेखेका छन् ।

Kamana Sewa

स्मरणीय के छ भने छक्का पञ्जा ४ ले आक्रामक कमाइ गर्दा चलचित्र विकास बोर्डका अध्यक्ष केसीका छोरा अनमोल केसी अभिनित चलचित्र छड्के सुपर फ्लप भएको थियो । यी दुई चलचित्र एकै दिन प्रदर्शनमा आएका थिए ।

Classic Tech Desktop

फिल्म नचलेपछि दर्शकसँग अनमाेलले माफी मागेका थिए ।

प्रतिकृया