• 2:45 am

काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरमा समस्या देखिएपछि बिचबाटोबाटै फर्कियो

प्रकाशित मिति

२०७९ चैत्र ४ गते, शनिबार १०:४४

buddha

चैत ४, २०७९, काठमाडौँ : काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै फर्किएको छ । बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जनाएको छ।


जहाज स-कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ । जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।


६२ जना यात्रुलाई अर्को जहाजमार्फत सुरक्षित गन्तब्यमा पठाउने बुद्ध एयरले जानकारी दिएको छ ।

प्रतिकृया