• १५:१९ २०८० चैत्र १६ गते
  • 3:19 pm

महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन चैत ८ गते हुने

प्रकाशित मिति

२०७९ चैत्र ४ गते, शनिबार १०:४६

336242147 162766569589224 1866424949766430711 n

४ चैत्र २०७९, काठमाडौँ : दाङको महेन्द्र बहुमुखी क्याम्पसको चैत ५ गते हुने स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पसमा तालाबन्दी गरिएको बिषयमा विप्लवको अखिल (क्रान्तिकारी) र महेन्द्र बहुमुखी क्याम्पस दाङबीच शुक्रबार भएको सहमति अनुसार स्यववियु निर्वाचनलाई चैत ८ गतेका लागि सारिएको हो ।


विप्लवको अखिल (क्रान्तिकारी)ले स्ववियु निर्वाचनका लागि क्याम्पस प्रशासनले आसन्न अनाधिकृत रुपमा रुपमा परिचयपत्र बनाउँदै गरेको भेटिएको भन्दै मंगलबार क्याम्पसमा ताला लगाएको थियो । क्याम्पस प्रशासनले अनाधिकृत रुपमा खाली परिचयपत्र क्याम्पसको छाप लगाएर वितरण गरेको भन्दै त्यसबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका थिए ।


शुक्रबार अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका इन्चार्ज दीपक केसी, अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष खुमबहादुर केसी(खुमन) र महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु निर्वाचन समितिका संयोजक कुलबीर चौधरी र क्याम्पस प्रमुख भरतराज न्यौपानेबीच भएको छलफल अनुसार अखिल (क्रान्तिकारी)ले गरेका मागलाई सम्बोधन गर्दै स्ववियु निर्वाचन सारिएको हो।

प्रतिकृया