• १ असोज २०८३, बिहीबार
  • ९ः०१ बिहान

देशभरका सडकमा बाह्रै महिना सवारी चलाउन सक्ने गरी काम गर्छुः मन्त्री श्रेष्ठ

प्रकाशित मिति

२०७९ चैत्र ३ गते, शुक्रबार ०५:४३

३ चैत्र २०७९, काठमाडौँ: उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकलाई व्यवस्थित बनाउने गरी सरकारले कामको थालनी गरेको बताएका छन्। शुक्रबार भैँसेपाटी र बालाजु,जोरपाटी र मूलपानी सडकको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले सरकार मुलुकभरका सडकलाई व्यवस्थित बनाउने गरी काम गरिरहेको बताएका हुन्।

National Life

उनले सडक व्यवस्थित बनाउने अभियानअन्तर्गत नै भैँसेपाटी र बालाजु,जोरपाटी र मुलपानी सडकको स्थलगत निरीक्षण गरेको भन्दै कालोपत्र हुन बाँकी सडक चाँडै कालोपत्र गरिने प्रतिबद्धता जनाए।


उनले भैँसेपाटी र बालाजु,जोरपाटी र मूलपानी सडक निर्माणमा स्थानीय जग्गा मुआब्जा विवाद, खानेपानी निर्माण र अण्डरग्राउण्ड विद्युतको कारण समस्या रहेको उल्लेख गरे। उनले सरकारले चाँडै अदालत,अख्तियार, वन मन्त्रालयसँग छुट्टै सडक निर्माणमा रहेका समस्याका विषयमा छलफल गर्ने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले राज्यका सबै निकायले विकास निर्माणमा सहयोग गर्ने भएको भन्दै स्वायत्तता निकायको भूमिकालाई सरकारले हस्तक्षेप गर्न नसक्ने बताए। उनले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका रुग्ण आयोजना निश्चित अवधिभित्र आयोजना सम्पन्न गर्न आयोजना प्रमुखहरुलाई निर्देशन दिइएको बताए।

प्रतिकृया