• १ असोज २०८३, बिहीबार
  • ११ः१८ बिहान

खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु हुँदैनः राष्ट्रपति रामचन्द्र पौडेल

प्रकाशित मिति

२०७९ चैत्र ३ गते, शुक्रबार ०५:२२

३ चैत्र २०७९, काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्नु नहुने बताएका छन्। आइसिसी लिग टुमा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार शितलनिवासमा बोलाएर बधाई दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु नहुने बताएका हुन्। उनले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताए।

National Life

उनले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यकता औंल्याए।


राष्ट्रपति पौडेलले भने, ‘राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईंहरू विश्वकपको यात्राका लागि जाँदै हुनुहुन्छ। मैले हिजो इन्ट्रेस दिएर हेरेँ असाध्यै राम्रो खेल थियो। दर्शकहरू पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो। पूर्वाधारको कमी रहेको छ। तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो। यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन। यसमा त विश्वका देशहरूसँग प्रतिस्पर्धा हुन्छ, देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ, खेलाडीहरूको मनोबल बढाउन सरकारले लाग्नुपर्छ।’

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रपति पौडेलले खेलाडीहरूको मनोबल बढाउन सरकार लाग्नुपर्ने बताए।

प्रतिकृया