• १ असोज २०८३, बिहीबार
  • ११ः५२ बिहान

उपराष्ट्रपतिमा रामसहाय यादव विजयी

प्रकाशित मिति

२०७९ चैत्र ३ गते, शुक्रबार ०५:०८

३ चैत्र २०७९, काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। ३० हजार ३२८ मतभार ल्याउँदै यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनलाई संघीय संसदका १८४ र प्रदेशका ३२९ सांसदले मत दिए। यादव सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए।

National Life

निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय संसदका ३११ र प्रदेशका ५१८ सांसदले मतदान गरेका थिए। उपराष्ट्रपति निर्वाचनमा संघका ३३४ र प्रदेशका ५८५ सांसद मतदाता रहने व्यवस्था छ। संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहन्छ।


निर्वाचनमा राप्रपा र नेमकिपाले निर्वाचनमा भाग लिएका थिएनन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया