• १५:३८ २०८० चैत्र १६ गते
  • 3:38 pm

एनएमबि बैंकद्वारा १५ वर्षका लागि ११.९९ प्रतिशतमा स्थिर अवधिको घर कर्जा घोशणा

प्रकाशित मिति

२०७९ चैत्र ३ गते, शुक्रबार ०४:३९

NMB Home Loan e1679050446675

३ चैत्र २०७९, काठमाडौँ: एनएमबि बैंकले १५ वर्षका लागि ११.९९% स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा घोषणा गरेको छ । यो नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्याउनेछ । सो योजनाले लामो अवधिको लागि कम र अनुमानित ब्याज दर सुरक्षित गर्न मद्दत पुर्याउनेछ भन्ने बैंकले विश्वास राखेको छ ।


यो कर्जाले नयाँग्राहकहरू कुनै पनि बजार उतार–चढाव वा ब्याज दरहरूमा परिवर्तन भएता पनि उहाँहरूको मासिक भुक्तानी ऋण अवधि सम्म स्थिर रहनेछ भनी विश्वस्त हुन सक्नुहुनेछ ।


“घरमा लगानीगर्नु एक व्यक्ति र परिवारको लागि ठूलो लगानीहो, र हामीले मासिक भुक्तानी व्यवस्था पन गर्ने सन्दर्भमा स्थिरता को महत्त्व बुझ्दछौं,“ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले आफ्नो विचार व्यक्त गर्नुभयो । एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’उपाधीबाट सम्मानितभएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिकृया