• १ असोज २०८३, बिहीबार
  • १ः१६ दिउँसो

पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि नेपाल टेलिकमले ल्यायो नयाँ अफर

प्रकाशित मिति

२०७९ चैत्र ३ गते, शुक्रबार ०३:५८

३ चैत्र २०७९, काठमाडौँ: नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ। कम्पनीले आज (शुक्रबार) देखि लागू हुने गरी उक्त नयाँ अफर उपलब्ध गराएको बताएको छ। टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुनेछ।

National Life

६३६ रुपैयाँमा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ।यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध गराएको कम्पनीले बताएको छ।


त्यसैगरी, प्रत्येक दिन ३०० एमबि डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबि डाटा सकिएमा प्रत्येक दिन ६४ केबिपिएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त प्याकेज प्राप्त गर्नका लागि ग्राहकले १४१५२*२# डायल गर्नु पर्नेछ। साथै, ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने कम्पनीले बताएको छ ।

प्रतिकृया