• ११:५८ २०८० फाल्गुन १३ गते
  • 11:58 am

उड्नासाथ आगो देखिएको श्रीको विमान त्रिभुवन विमानस्थलमा अवतरण

प्रकाशित मिति

२०७९ फाल्गुन २५ गते, बिहीबार ११:०९

shree

२५ फागुन २०७९, काठमाडौँ: काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको श्री एयरलाइन्सको एउटा विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ । इन्जिनमा आगो देखिएपछि उक्त विमानलाई काठमाडौंमा अवतरण गराएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आज बिहान भैरहवातर्फ उडिसकेको जहाजको इन्जिनमा आगो देखिएको थियो ।


विमानमा सवार सबैजना सकुशल रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया