• २८ भदौ २०८३, आइतबार
  • ११ः२३ बिहान

नेपाल लगातार विकेट गुमाएपछि दवावमा

प्रकाशित मिति

२०७९ फाल्गुन २२ गते, सोमबार ०१:३४

२२ फागुन, २०७९, काठमाडौँ:  विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपाली इनिङ संकटमा परेको छ। युएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ६८ रन जोड्दा ५ विकेट गुमाउन पुगेपछि नेपाली इनिङ संकटमा परेको हो। दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि कुनै पनि खेलाडीले गतिलो इनिङ खेल्न सकेनन्।

National Life

कुशल मल्लको ३२ रन अहिले सम्मको सर्वाधिक स्कोरका रूपमा रहेको छ। मल्ल रोहन मुस्ताफाबाट आउट भएसँगै नेपाली इनिङ संकटमा परेको हो।


नेपालका ओपनर ज्ञानेन्द्र मल्ल ११ रनमा आउट हुँदा अर्का ओपनर आसिफ शेख ६ रनमा पेभिलियन फर्किए। त्यस्तै, कुशल मल्ल ३२ रनमा आउट हुँदा कप्तान रोहित पौडेल १ तथा दिपेन्द्रसिंह ऐरी ४ रनमा पेभिलियन फर्किए। अहिले भीम सार्की १० तथा सन्दीप लामिछाने ६ रनमा अविजित छन्।

Classic Tech Mobile
Classic Tech Desktop

युएईका लागि जुनाइद सिद्दकी र आर्यन लक्राले समान २-२ विकेट लिंँदा रोहन मुस्ताफाले १ विकेट हात पारे। अहिले नेपाल २० ओभरमा ५ विकेट गुमाएर ८० रन बनाएर खेलिरहेको छ। अन्तिम ५ खेल बाँकी रहँदा नेपाल र युएइ दुबैलाई शीर्ष तीनमा पुग्नका लागि सबै खेलमा जित अनिवार्य बनेको छ।


आइतबार युएई पपुवा न्युगिनिसँग पराजित भएसँगै उसका लागि आज नेपाल विरुद्ध हुने खेलसँगै टियू मैदानमा हुने बाँकी ४ खेलपनि जित्नु पर्ने छ। नेपाललाई पनि युएईलाई आज उसकै मैदानमा पराजित गर्दै घरेलु सिरिज पनि क्लिन स्विप गर्नु पर्ने चुनौती रहेको छ।

प्रतिकृया