• 4:15 am

होली मनाउन सुरु भएसँगै काठमाडौँमा चेकजाँचमा कडाइ

प्रकाशित मिति

२०७९ फाल्गुन २२ गते, सोमबार १२:०७

२२ फागुन, २०७९, काठमाडौँ: होली मनाउन सुरु भएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौँ उपत्यकामा साेमबार बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।


होली पर्वको अवसरमा मानिसहरू उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ पिएर सवारीसाधन चलाउने गतिविधिहरू हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । काठमाडौँ उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबारमार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ ।


नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले शतर्कताका साथ होली खेल्न आग्रह गरेको छ । साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छतलगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ ।

प्रतिकृया