• २० भदौ २०८३, शनिबार
  • ३ः०० दिउँसो

काठमाडौंमा ‘होली कार्निभेल’ फेस्टिभल हुँदै

प्रकाशित मिति

२०७९ फाल्गुन १९ गते, शुक्रबार ०३:२८

१९ फागुन २०७९, काठमाडौँ: रंगको पर्व होलीमा काठमाडौंस्थित सिल्भर ओकमा ‘होली कार्निबेल’ फेस्टिभल हुने भएको छ।फागु पूर्णिमाको अवसरमा सोमबार (फागुन २२ गते) काठमाडौं गैरीधारास्थित सिल्भर ओकमा विभिन्न सांगीतिक कार्यक्रम फेस्टिभल हुने भएको हो। युनिफाई नेपालको व्यवस्थापनमा सोलीस र आर्बिट्रेयरी एकसाथ फेस्टिभल गर्न लागेको हो।

National Life

फेस्टिभलमा विभिन्न मुलुकका डिजेसहित नेपालका डिजेहरूको सहभागिता रहने इभेन्टका म्यानेजर रविन श्रेष्ठले जानकारी दिए। पूर्व मिस नेपाल माल्भिका सुब्बाले कार्यक्रम होस्ट गर्नेछिन्।


उनका अनुसार इभेन्टमा सहभागी हुन चाहनेले ‘खल्ती’ एपबाट टिकट खरिद गर्न सक्छन्। टिकट मूल्य १५ सय रुपैयाँ रहेको छ। इभेन्ट बिहान १० बजेदेखि सुरू हुनेछ। इभेन्ट पारिवारिक वातावरणमा हुने उनले बताए। अभिभावकले आफ्ना बच्चाहरूलाई लगेर मनोरञ्जन दिन सक्छन् । इभेन्टमा सर्कस सो, फन गेम र विभिन्न खानाका स्टलसमेत हुनेछन्।

Classic Tech Desktop

‘नेपालमा अहिलेसम्मकै व्यवसायिक रुपमा सबैभन्दा ठूलो इभेन्ट गर्न लागिएको छ। यसका लागि फरक तरिकाले सजावट गरेका छौ,’ उनले भने, ‘फेस्टिभलमा प्रोडक्सनको डिजाइन आकर्षक ढंगले बनाइने छ। होली पर्व व्यवस्थित तरिकाले मनाउन सबै आयोजक लागिरहेका छौं।’

प्रतिकृया