• ११ असोज २०८३, आइतबार
  • ९ः३८ बिहान

राष्ट्रपति पदमा भोट माग्दै पौडेलले सांसदहरूलाई पठाए पत्र

प्रकाशित मिति

२०७९ फाल्गुन १८ गते, बिहीबार ०३:०२

१८ फागुन २०७९, काठमाडौँ: राष्ट्रपति पदका उम्मेदवार तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई भोट माग्दै सांसदहरूलाई पत्र लेखेका छन्। फागुन २५ मा हुने निर्वाचनमा आफूलाई मत माग्दै पौडेलले सबै सांसदलाई पत्र लेखेका हुन्।

National Life

पौडेलले निर्दलीय शासन व्यवस्थाको विरुद्ध, पञ्चायतको विरुद्ध लड्दा आफूले जेल जीवन भोगेको विषयलाई पनि पत्रमा उल्लेख गर्दै संविधान रक्षा प्राथमिकतामा रहेको भन्दै भोट मागेका छन्।


‘सबै धर्म, संस्कृति, जात, वर्ग, लिंग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको परिपालना गर्दै परिवर्तनको जगेर्ना गर्ने अठोटका साथ नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदका लागि उम्मेदवारको रुपमा उपस्थित छु,’ उनले सांसदहरूलाई लेखेको पत्रमा उल्लेख छ, ‘नेपाली जनाताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु।’

Classic Tech Mobile
Classic Tech Desktop

पौडेल कांग्रेससहित नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी, जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको तर्फबाट साझा उम्मेदवार हुन्। एमालेले भने सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ।

प्रतिकृया