• 3:28 am

विश्वकप क्रिकेट लिग-२ : युएईविरूद्ध नेपाललाई पाँचौ सफलता

प्रकाशित मिति

२०७९ फाल्गुन १८ गते, बिहीबार ०३:२८

१८ फागुन २०७९, काठमाडौँ : विश्वकप क्रिकेट लिग-२ मा नेपालले यूएईविरूद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पाँचौ सफलता हात पारेको छ। नेपालका लागि आरिफ शेखले पाँचौ सफलता दिलाएका हुन्। उनले आलिशान सराफूलाई २ रनमा आउट गराए ।


त्यसअघि सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिँदै नेपाललाई चौथो सफलता दिलाएका थिए । लामिछानेले ३६ औं ओभरको तेस्रो बलमा आशिफ खानलाई आउट गराए। ९९ बल खेलेका खानले ७२ रन बनाएर खेलिरहेका थिए। खानले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । यसअघि कुशल मल्ल र करण केसीले १-१ विकेट लिएका थिए। यो समाचार तयार पार्दासम्म युएईले ५ विकेट गुमाएर ३७ ओभरमा १४२ रन बनाएर खेलिरहेको छ ।


नेपाली कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका हुन् । रोहितले लगातार छैठौं पटक टस जितेका हुन् । आज नेपाली टोलीमा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने पनि खेल्दैछन्। मौसम ढकाल (श्याम) घाइते भएपछि सन्दीप उनको स्थानमा खेल्न लागेका हुन् ।


अभ्यासको क्रममा काँधमा चोट लागेका कारण मौसमको स्थान सन्दीपले लिएका हुन् । सर्वोच्च अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई विदेश जान अनुमति दिएपछि उनी युएई पुगेका हुन्। बिहीबार नै आईसीसीले सन्दीपलाई टोलीमा खेल्न स्वीकृतिसमेत दिएको थियो ।

प्रतिकृया