• ११ असोज २०८३, आइतबार
  • ५ः१६ बिहान

राष्ट्रपतिमा नेम्वाङलाई भोट माग्न एमाले नेता एसको कार्यालयमा

प्रकाशित मिति

२०७९ फाल्गुन १८ गते, बिहीबार १२:२८

१८ फागुन २०७९, काठमाडौँ: नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई मत माग्न एमाले नेताहरु नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन्।

National Life

राष्ट्रपति पदका उम्मेदवार नेम्वाङसहित, उपाध्यक्ष विष्णु पौडेल, एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वी सुब्बा गुरुङ बिहीबार नेकपा एसको कार्यालय आलोकनगर पुगेका हुन्।


उनीहरुले एसका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरी भोट दिन अपिल गरेका छन्। बुधबार मात्रै नेकपा एसले राष्ट्रपति पदमा ८ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई भोट दिने निर्णय गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा एमालेका तर्फबाट नेम्वाङ र कांग्रेसका तर्फबाट पौडेलबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतिकृया