• २ असोज २०८३, शुक्रबार
  • ७ः२१ बेलुका

राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाली कांग्रेसद्धारा शुभकामना

प्रकाशित मिति

२०७९ फाल्गुन ७ गते, आईतवार ११:१६

७ फागुन २०७९, काठमाडौँ: नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा पूर्व प्रधभानमन्त्री शेर बहादुर देउवाले समस्त नेपाली दिदिबहिनी तथा दाजुभाइमा एक वक्तव्य मार्फत हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

National Life

उनले अगाडि भनेका छन्, “२००७ को कात्र्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो । राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश ग९यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण ग-यो ।”


उनको वक्तव्यमा अगाडि भनिएको छ, “समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै हो ।”

Classic Tech Mobile
Classic Tech Desktop

“नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न राष्ट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।”


उनले देशमा लोकतन्त्र स्थापना र पुनस्र्थापनाको लामो संघर्षमा अनेकौं सपुतहरुले आफूलाई उत्सर्ग गरेकामा यो ऐतिहासिक दिनमा ती सम्पूर्ण शहीदहरुको त्याग र वलिदानको स्मरण गर्दै उनीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिकृया