• १४ भदौ २०८३, सोमबार
  • ९:१६ बेलुका

सरकारका काम कारबाही र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भयाे : लिङदेन

प्रकाशित मिति

२०७९ माघ २९ गते, आईतवार १२:११

२९ माघ, २०७९, काठमाडौँ: उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ। नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा बसेको संयन्त्रको बैठक भर्खरै सकिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आजको बैठकमा सरकारका काम कारबाही र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भएको जानकारी दिए।


‘सरकारले गरेका काम कारबाहीबारे आपसी समन्वयबारे कहाँ कमजोरी भयो भन्नेबारे समीक्षा भयो। आगामी दिनमा मजबुत ढंगले यो सहकार्यलाई अगाडि बढाएर लैजाने सहमति भएको छ। नियमित रूपमा यस प्रकारका भेटवार्ता कायम राख्ने सहमति भएको छ,’ उनले भने, ‘रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल भइरहेको छ। आज पनि कुराकानी भयो। उपर्युक्त समयमा रास्वपा सरकारमा आउन सक्छ।’

Kamana Sewa

अध्यक्ष लिङ्देनले राष्ट्रपतिको निर्वाचनबारे छलफल नभएको बताए। उनले पुस १० को सहमति अनुसार नै अगाडि जाने भएकाले थप छलफल गर्नुपर्ने आवश्यकता नरहेको प्रष्ट पारे। ‘राष्ट्रपति निर्वाचनबारे बाहिर आइरहेका कुराहरू भ्रमपूर्ण छन्। हामीले सरकार निर्माणको क्रममा एउटा सहमति गरिसकेका छौं। सोही सहमतिमा सत्ता साझेदार दलहरूबीचमा विमति छैन्। बाहिर आएजस्तो सत्तारूढ दलभित्र कुनै मतभेद छैन्,’ अध्यक्ष लिङ्देनले भने ।

Classic Tech Desktop

प्रतिकृया