• १३ भदौ २०८३, आइतबार
  • ८:०१ बिहान

सामसङ्गले ल्यायो ग्यालेक्सी एस २३ सिरिज

प्रकाशित मिति

२०७९ माघ २७ गते, शुक्रबार ०४:३२

२७ माघ २०७९, काठमाडौँ: सामसङ्गले ग्यालेक्सी एस २३ सिरिज नेपाली बजारमा ल्याएको छ। सामसङले चासोका साथ प्रतिक्षा गरिएको आफ्‌नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन ‘सामसङ ग्यालेक्सी एस २३’ लन्च गरेको छ। काठमाडौंको हायात होटलमा बिहीबार आयोजित एक कार्यक्रममा यो फोन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।


ग्यालेक्सी एस-२३ सिरिजका ग्यालेक्सी एस २३, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस अल्ट मोबाइलहरुको अन्भेल सामसङका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसङका निर्देशक प्रथम स्थापित, नायक अनमोल केसी र मिस नेपाल २०२२ प्रियंका रानी जोशीद्वारा संयुक्त रुपमा सार्वजनिक गरिएको हो।

Kamana Sewa

सो समारोहमा सामसङका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एस-२३ सिरिजमा हरेक फोटो अतुल्य बनाउन, ग्यालेक्सी एस-२३ अल्टामा नयाँ २०० मिलियन पिक्सल स्यामराका साथ हाम्रो सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित छ, जसले तपाईको संसारलाई शार्पर फोकसमा ल्याइदिन्छ।’

Classic Tech Desktop

उनले अगाडि थपे, ‘यसमा भएको अत्यन्त शक्तिशाली स्न्यापड्रागन ८ जेन २ ले दिने गेमिङ एक्सपेरियन्सलाई कसैले मात दिन सक्दैन। हामी नेपालमा ग्यालेक्सी एस२३ प्रस्तुत गर्न पाउँदा अत्यन्त उत्साहित भएका छौं, जुन एक अल्टिमेट प्रिमियम स्मार्टफोन हो, जसले ग्रहकहरुलाई आज र भविष्यको आवश्यकता र चाहनालाई अघि बढाउन मद्दत गर्नेछ।’


ग्यालेक्सी एस २३ स्मार्टफोनहरु यसभन्दा अघि कहिल्यै नगरिएको प्रिमियम एक्स्पेरियस्‌का लागि डिजाइन गरिएका छन्। ग्यालेक्सी एस २३ सिरिजमा असाधारण क्षमताका क्यामराहरु जडान गरिएको कम्पनीले जनाएको छ।

प्रतिकृया