• 8:52 am

नेपाल चिकित्सक संघकाे केन्द्रीय अध्यक्षमा डा. कार्की निर्वाचित

प्रकाशित मिति

२०७९ माघ २५ गते, बुधबार ११:०२

anil

२५ माघ, २०७९, काठमाडौँ: नेपाल चिकित्सक संघको केन्द्रीय अध्यक्षमा डा. अनिलविक्रम कार्की निर्वाचित भएका छन् । संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा. कार्कीले तीन हजार पाँच सय ३७ मत ल्याई विजयी भएको प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानामगरले जानकारी दिए ।


उनका निकटत प्रतिद्वन्द्वी डा. सन्तोष पौडेलले दुई हजार तीन यस २३ मत प्राप्त गरेका छन् भने अर्का अध्यक्षका प्रत्यासी डा शिवजी विक्रम सिलवालले एक सय ९० मत पाए ।


मधेस प्रदेश उपाध्यक्षमा डा. नीरजकुमार सिंह, बागमती प्रदेश उपाध्यक्षमा डा. प्रकाश बुढाथोकी, गण्डकी प्रदेश उपाध्यक्षमा डा. राजन शर्मा र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा. प्रशान्त भट्ट निर्वाचित भएका छन् ।


यही माघ २२ गतेदेखि भएको मतगणना मंगलबार सकिएको हो ।

प्रतिकृया