एमाले अध्यक्ष ओली भेट्न प्रधानमन्त्री दाहाल बालकाेटमा
प्रकाशित मिति
२०७९ माघ २५ गते, बुधबार १०:५७

२५ माघ, २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । प्रधानमन्त्री दाहाल ओली निवास बालकोटमा बुधबार बिहान पुगेका हुन्।
भेटवार्तामा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा छलफल भइरहेकाे सचिवालयले जनाएकाे छ। दुवैबीच अहिले भेटवार्ता जारी छ। निर्वाचन आयाेगले राष्ट्रपतिकाे चुनावकाे मिति ताेकिसकेकाे छ। आयाेगका अनुसार राष्ट्रपतिकाे निर्वाचन फागुन २५ गते हुँदैछ ।
एमालेले राष्ट्रपतिमा दावी गर्दै आइरहेकाे छ भने प्रधानमन्त्री दाहाल एमालेलाई राष्ट्रपति दिने मनसायमा छैनन् । उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् ।
एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच हिजाे पनि बालुवाटारमा भेटवार्ता भएकाे थियाे ।
प्रतिकृया