चैत १७ मा आउँदै ‘प्रेमा’

प्रकाशित मिति

२०७९ माघ २० गते, शुक्रबार ०४:१०

prema

२० माघ २०७९, काठमाडौँ: फिल्म ‘प्रेमा’ को पोस्टर सार्वजनिक भएको छ। फिल्मको फर्स्ट लुक पोस्टरमा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टि श्रेष्ठ देखिन्छन् । गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्ने फिल्ममा अरुण, सुवेक्षा र सृष्टि मुख्य भूमिकामा रहनेछन्। फिल्ममा लेखन पनि निर्देशक भण्डारीकै रहनेछ ।


त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म आगामी चैत १७ मा प्रदर्शनमा आउनेछ । ‘मञ्जरी’, ‘लभ यू बाबा’, ‘हैरान’, ‘मेरो पैसा खै’लगायत फिल्ममा सहनिर्देशन गरेका भण्डारीले ‘रणवीर’बाट निर्देशनमा हात हालेका हुन् ।


फिल्मको छायांकन काठमाडौँ, धनगढी, कर्णाली आदि ठाउँमा हुने निर्माण टिमले जनाएको छ। फिल्ममा अरुण, सुवेक्षाा, सृष्टिबाहेक विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ ।

प्रतिकृया