नगरकोटमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित मिति

२०७९ माघ २० गते, शुक्रबार ०४:३४

kidney

२० माघ २०७९, काठमाडौँ:   मा. श्रीरामश्रेष्ठको तस्रो स्मृतिदिवसको उपलक्ष्यमा चाँगुनारायण नगरपालिका ६ नं वडाकार्यालय, र केशबलाल– श्रीराम प्रतिष्ठानको आयोजना तथा शहीदधर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा आजमिति २०७९-१०-२० गते शुक्रबार निःशुल्क मृर्गौला, मुटु तथाकलेजो परीक्षण शिविरको अयोजना गरियो ।

kindey 2

उक्तशिविरमा करीब २०० जना स्थानीयहरुको स्वास्थ्य परीक्षण गरिएको थियो भने चाँगु नारायण नगरपालिका नगर प्रमु्ख जिवनखत्री र वडा अध्यक्षश्री धनबाहादुर लामाले मृत्यू पश्चात अंगदानगर्नु भएको थियो । स्वास्थ्य परीक्षण गराएका मध्ये ३० जनमा मुटुको समस्या, ६ जननको पिसाबमा प्रोटिन देखिने समस्या, ६ जनामाचिनी रोग र ३२ जनामा उच्च रक्तचापको समस्या देखिएको थियो ।

kindey3

बिहान ९ः३० देखि दिउसो ३ः०० बजे सम्म ६ नं वडा कार्यालय, चाँगुनारायण नगरपालिका, नगरकोटमाभएको स्वास्थ्य परीक्षणमा केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ, कन्सल्टेन्ट रेडियोलोजिष्ट डा.विवेक नेपाल, सिनियर रजिष्ट्रार नेफ्रोलोजिष्ट डा.लुसन सिंह, सिनियर रजिष्ट्रार कार्डियोलोजिष्ट डा.किसन कुशवाहा, केन्द्रका मेडिकल अधिकृतहरु, ट्रान्सप्लान्ट कोर्डिनेटर र अन्य कर्मचारीहरु र चाँगुनरायण नगरपालिका वडा नं. ६ का कर्मचारीहरुका तथा नगरकोट स्वास्थ्य चौकीका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

kidney @

प्रतिकृया