• १० असोज २०८३, शनिबार
  • १०ः५२ राती

आजबाट सन्दिप लामिछाने बन्द प्रशिक्षणमा सहभागी

प्रकाशित मिति

२०७९ माघ २० गते, शुक्रबार ०३:००

२० माघ २०७९, काठमाडौँ: क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी भएका छन्। आज उनलाई अभ्यासका लागि बोलाइएको थियो। नाबालिका बलात्कार आरोप लागेका सन्दीपलाई निलम्बन फुकुवा गरेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा बोलाएको हो।

National Life

उच्च अदालत पाटनको आदेशमा दुई साताअघि सशर्त २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका पूर्वकप्तान सन्दीपलाई हालै बसेको क्यानको बैठकले निलम्बन फुकुवा गरेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पनि नेपालको कानुनले मान्यता दिए सन्दीपलाई खेलाउन समस्या नहुने जनाइसकेको छ।


सन्दीप आज केहीबेर मैदानमा अभ्यास गरेर फर्किएका थिए। उनी टोलीमा फर्किएसँगै बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या २९ पुगेको छ। नेपालले आगामी फेब्रुअरी १४ बाट त्रिवि क्रिकेट मैदानमा आयोजना हुने नामिबिया र स्कटल्याण्डसँगको त्रिदेशीय एकदिवसीय सिरिज खेल्दै छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया